बन्दले दुध उत्पादक किसानलाई समस्यै समस्या

मकवानपुर- कोभिड १९ का कारण बजार लगायतका क्षेत्र बन्द हुँदा दुध उत्पादन गर्ने किसान समस्यामा पर्ने देखिएको छ ।

पछिल्लो समय सरकारले कृषि क्षेत्रमा लगानी बढाएको तथा विदेशबाट दूध आयातमा रोक लगाए सँगै नेपालमा दूध उत्पादनका लागि ब्यवसायिक पशुपालन गर्ने किसानको संख्या बढ्दो छ ।

तर कोभिड १९ को दोस्रो लहरले विश्वलाई त्रसित बनाई रहेको बेला नेपालमा पनि त्यसको प्रभाव बढी रहँदा देशका विभिन्न जिल्लाहरुमा निशेधाज्ञा जारी भएका छन् । त्यसको प्रभाव सबै क्षेत्रमा परेपनी दुग्ध क्षेत्रको समस्या अलि जटिल देखिएको छ ।

पशुलाई आहारा खुवाउन नियमित खर्च गर्नैपर्ने तर बिहान बेलुकै उत्पादन हुने दूध नबिक्दा धेरै दुध उत्पादन गर्ने किसानको दुधको ब्यवस्थापन गर्न समस्या पर्ने तथा आम्दानीमा समेत ठूलो नोक्सानी ब्यहोर्नु पर्ने बाध्यतामा किसान छन् ।

यता बन्दको प्रभाव मकवानपुरको दुग्ध क्षेत्रमा पनि परेको छ । सहकारी मार्फत दैनिक करिब ४० हजार लिटर दुग्ध संकलन भई स्थानीय उद्योग लगायत काठमाडौं , पोखराका उद्योगहरुमा गईरहेको दूध बजार बन्दका कारण दूध बिक्रीमा तथा ढुुवानीमा समस्या परेको भन्दै दुुुध लैजान समस्या भएको बताउन थालेका छन् ।

हेटौंडाका स्थानीय स्तरमा पनि दूध बिक्री गर्ने समय बिहान नौ बजेसम्म मात्र तोकिएको हुँदा दुधको उपभोग गर्ने उपभोक्ता तथा उत्पादक/बिक्रेता लाई समस्या परेको उनीहरुको गुनासो रहेको छ ।

अर्थ मुख्य समाचार मुख्य समाचार (flash news) समाज