रहेनन वरिष्ठ गायक प्रेमध्वज प्रधान 

काठमाडौं / बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।
छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।
८२ वर्षीय गायक प्रधान लामो समयदेखि न्युरोसम्बन्धी समस्यासँग जुधिरहेका थिए ।
प्रधानको उपचारका क्रममा बिहिबार दिउँसो निधन भएको परिवारले पुष्टि गरेको छ । 

प्रधानका चर्चित गीतहरुमा ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत छन् ।

सात सयभन्दा बढी गीत रेकर्ड गराएका प्रधान सानैबाट संगीतमा लागेका थिए । उनको रेडियो नेपालमा  पहिलो रेकर्डेड गीत ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ थियो ।
प्रधानका दुईवटा छोराहरु अमेरिकामा छन् ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार स्वास्थ्य