एमाले वागमती प्रदेशको मुख्य सचेतकमा निरौला मनोनित

हेटौंडा /  नेकपा एमाले वागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनीत हुनुभएको छ ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता एवम् वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको विधान २०७७ को दफा १३ बमोजिम निरौलालाइ मनोनीत गर्नुभएको हो ।
तत्कालीन मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानून मन्त्री नियुक्त भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनीत गरिएको हो ।

निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरी आज वागमती प्रदेशसभा सचिवाललाई जानकारी समेत गराइएको छ ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार