मक्रान्चुलीमा सोमबार गरिएको परिक्षणमा १० जनामा संक्रमण पुष्टि, वडा नम्बर ५ कै ६ जना

मकवानपुरगढी- अस्थायी कोभिड अस्पताल मक्रान्चुलीमा सोमबार गरिएको कोभिड परिक्षणमा १० जनामा संक्रमण पुष्टि भएको छ ।

१५ जनाको एन्टिजेन विधि मार्फत कोभिड १९ परिक्षण गरिएकोमा ५ जना महिला र ५ जना पुरुष १० जनामा संक्रमण देखिएको हो । संक्रमण हुनेहरुमा वडा नम्बर ३ का ३२ र ३७ वर्षका २ जना पुरुष, वडा नम्बर ४ का २९ र १५ वर्षका २ जना महिला र वडा नम्बर ५ का २३ , २९ र ६० वर्षका ३ जना महिला र ४४ , ३० र १८ वर्षका ३ जना पुरुष गरि वडा नम्बर ५ कै ६ जनाको रिपोर्ट पोजेटिभ आएको र उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

यसैगरी हेटौंडामा गरिएको RTPCR विधिबाट सोमबार मकवानपुरगढीका थप ४ जनामा संक्रमण देखिएको छ । यो सँगै सोमबार मात्र मकवानपुरगढीका १४ जनामा संक्रमण पुष्टि भएको लामिछानेले बताउनुभएको छ ।

कोभिड अस्थायी अस्पताल मक्रान्चुलीमा हरेक दिन बिहान १० बजे देखी २ बजे सम्म परिक्षण गर्ने गरिएकोले संक्रमित ब्यक्तिका परिवारका सदस्य तथा लक्ष्यण देखिएका बिरामीहरुले परिक्षण गर्न स्वास्थ्य प्रमुख लामिछानेले अनुरोध समेत गर्नुभएको छ । साथै कुनै समस्या भएमा मोबाइल नम्बर ९८५५०६९१२९ मा फोन गर्न समेत लामिछानेले अनुरोध गर्नुभएको छ ।

संक्रमण पुष्टि भएका ब्यक्तिका परिवारका सदस्यहरु यत्रतत्र हिड्ने गरेको गुनासो आएको भन्दै पुष्टि भएको दिन देखि कम्तीमा ५ देखि ७ दिनसम्म सार्वजनिक स्थानहरुका जमघटमा ननिस्कन तथा काम गर्ने स्थानहरुमा नजान समेत स्वास्थ्य शाखा प्रमुख लामिछानेले अनुरोध गर्नुभएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) स्थानीय स्वास्थ्य