नेपाली काँग्रेसका सभापति देउवाले बोलाए विपक्षी दलको बैठक, नयाँ सरकार गठनबारे छलफल हुने

काठमाडौ / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे आबस्यक छलफल र परामर्श गर्न विपक्षी दलको बैठक बोलाउनु भएको छ ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि काङ्ग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बैठक बस्न लागेको हो।

नयाँ सरकार गठनका सन्दर्भका काँग्रेसका, माओवादी केन्द्र, जसपा लगायतका शीर्ष नेतालाई छलफलका लागि बोलाइएको काँग्रेस नेता रमेश लेखकले  जानकारी दिनुभयो ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार