एमाले नेता तथा सांसद चौलागाईंको अन्त्यष्टी 

काठमाडौं / नेकपा एमालेका नेता एवं बागमती प्रदेशसभाका सांसद पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।
कोरोना संक्रमण भएपछि काठमाडौंको सितापाईलास्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ नेता चौलागाईंको निधन भएको थियो । स्वर्गीय चौलको पार्थिव शरीरलाई आज बिहान अन्त्यष्टी गरिएको हो ।

अन्त्यष्टीअघि अन्तिम श्रद्धाञ्जली अर्पणका लागि गृहमन्त्री रामबहादर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पूर्वमन्त्री तथा नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेल, नेकपा एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलगायतका नेता कार्यकर्ताहरु उपस्थित हुनुु भएको थियो ।
यसअघि अस्पताल परिसरमा नेपाल सरकारका प्रवक्ताएवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले उहाँको पार्थिव सरिरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुु भएको थियो ।

नेता चौलागाईं दोलखा ख बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुुभएको थियो ।
स्वर्गीय नेता चौलागाईंका श्रीमति, छोरा र दुई छोरी रहेका छन 

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार