अनेरास्ववियुको कारबाही फिर्ता हुँदैन : अध्यक्ष महर

काठमाडौं /  अनेरास्ववियुका अध्यक्ष ऐन महरले पार्टीको कारबाही फिर्ता भए पनि अनेरास्ववियुले गरेको कारबाही फिर्ताको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत् अध्यक्ष महरले संगठनको बिधान र हित विपरित गतिविधि गरेपछि गरिएको कार्वाही फिर्ता नहुने बताउनुभएको हो । पार्टीको कारबाही फिर्ता भए पनि अनेरास्ववियुको कारबाही फिर्ताको कुनै सम्भावना छैन,’ अध्यक्ष महरले फेसबुकमा लेख्नु भएको छ ।

अनेरास्ववियुले केही महिनाअघि  निवर्तमान सचिवहरू सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । संगठनको हितविपरित गतिविधि गरेपछि तीन जनालाई निष्कासन गरिएको थियो ।

आज नेकपाको स्थायी कमिटी बैठकले माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

नेकपा स्थायी कमिटी बैठकले चार नेताहरूको कारबाही फुकुवा गर्ने निर्णय गरे पनि अनेरास्ववियुका अध्यक्ष महरले भने अनेरास्ववियुको कारबाही फिर्ताको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार