कांग्रेस उपसभापति गच्छदारलाई पत्नी शोक

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको निधन भएको छ ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान ४ः ४५ बजे निधन भएको हो ।

लामो समयदेखि कलेजोको बिरामीसमेत रहेकी उनलाई भारतस्थित नयाँ दिल्लीमा उपचार गरिएको थियो ।

पछिल्लो समय नर्भिकमा उपचाररत उनलाई दुई दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आजै दाहसंस्कार गरिने छ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज