देउवालाइ प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने थप १२ एमाले नेतासँग स्पष्टिकरण माग (सूचीसहित)

 

काठमाडौं / नेकपा एमालेले आफ्नो नेतृत्वको सरकार ढाल्न हस्ताक्षर गर्ने र विपक्षी गठबन्धनमा लाग्ने आफ्ना थप १२ जना नेतालाई पनि स्पष्टीकरण सोधेको छ ।

एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकले
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन  हस्ताक्षर गर्ने र पार्टी निर्णय बिरुद्द लाग्ने विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

झलनाथ र माधव नेपालसहित ११ जनालाई निष्कासन गरेपछि बाँकी रहेका १२ जनालाई पनि कारवाही अघि बढाइएको हो ।


स्पष्टिकरण सोधिनेमा निवर्तमान सांसद यसप्रकार छन् :

विरोध खतिवडा

जीवनराम श्रेष्ठ

घनश्याम भुसाल

सोमप्रसाद पाण्डे

कृष्णलाल महर्जन

झपट रावल

भवानी प्रसाद खापुङ

यज्ञ सुनुवार

सुरेन्द्र पाण्डे

मेटमणि चौधरी

दिपक प्रकाश भट्ट

नारायण खतिवडा

मुख्य समाचार राजनीति समाचार