महिना दिन भित्र बागमती प्रदेशका ७ अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने

 


काठमाडौं / एक महिना भित्र बागमती प्रदेशका सबै सरकारी अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने योजना बनाएको बागमती प्रदेश सरकारले प्रदेश अन्तर्गतका सात वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि टेण्डर आह्वान भएको छ ।

सामाजिक विकास मन्त्रालयले एक हप्ता को समय दिएर अक्सिजन प्लान्ट निर्माणका लागि टेण्डर आह्वान गरेको हो ।

प्रदेश सरकारले रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, काठमाडौंको टोखा अस्पताल, ललितपुर जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रे जिल्ला अस्पताल र सिन्धुपाल्चोक जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न लागेको हो ।

एक साताभित्र टेण्डर खोलेर तत्कालै अक्सिजन प्लान्ट निर्माणको काम शुरु हुने प्रदेश सरकारले जनाएको छ ।

एक महिना भित्र बागमती प्रदेशका सबै सरकारी अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान हुने सुनिस्चित भएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडाले जनाएको छ ।

प्रदेश समाचार मुख्य समाचार समाचार समाज स्वास्थ्य