कोरोना संक्रमण मुक्त हुनेको संख्यामा वृद्धि


राज कुमार के.सी.

कोरोना संक्रममित हुने भन्दा संक्रमण मुक्त हुनेको संख्यामा वृद्धि हुन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ सय ५ जना कोभिड संक्रमण मुक्त भएका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामै १० हजार ९ सय ८६ जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ७ सय २ र १ हजार ७ सय ८४ जनाको एन्टिजेन परीक्षणमा ६ सय ६७ जना गरी जम्मा ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ।

साथै अघिल्लो दिन शनिबार ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि हुँदा ६ हजार ८० जना कोरोना मुक्त भएका थिए ।

हालसम्म नेपालमा ५ लाख ५३ हजार ४ सय ८० जनालाई संक्रमण पुष्टि भएको छ ।जसमध्ये ४ लाख ४० हजार ९ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

मुख्य समाचार समाचार स्वास्थ्य