पूर्वप्रधानमन्त्री खनाललाई उपचार गर्न दिल्ली लगिंदै

काठमाडौं / नेकपा एमालेका पूर्व नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्लीको एपोलो अस्पतालमा लगिने भएको छ ।

ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएपछि खनाललाई गत सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

खनाललाई बुधबार दिउँसो दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।

मुख्य समाचार समाचार स्वास्थ्य