सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ७ जनाको मृत्यु, थप बिबरण आउन बाकी

काठमाडौं / सिन्धुपाल्चोकमा मंगलबार देखि आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिनुभयो ।

मंगलबार देखि हेलम्बु र मेलम्चीमा आइरहेको बाढी र पहिरोले व्यापक क्षति पुर्याउदै जनजीवनलाइ अस्तब्यस्त बनाएको छ ।

अधिकांश सडकहरु भत्किएका कारण यातायात सम्पर्क विच्छेद भएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् ।

बाढि पहिरो लगातार आइरहे थप जोखिम हुन सक्ने बताइएको छ। थप मानवीय र अन्य क्षतिको विवरण आइसकेको छैन ।

मुख्य समाचार समाचार समाज