उपत्यकामा निजी गाडी चलाउन दिने तयारी

हेटौंडा । स्थानिय प्रशासनले काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा थप गर्र्दै निजी सवारी साधनलाई सञ्चालन गर्न दिने तयारी गरेको छ ।
निषेधाज्ञाबारे थप निर्णय गर्न आज साँझ ५ बजे उपत्यकाका तिनवटै प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । उक्त बैठकले निजि सवारीलाई जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने बारे निर्णय गर्ने बताइएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले पनि निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिएका छन् । डीसीसीएमसीले खाद्यान्न पसलहरु पनि ४ बजेसम्म खोल्न सुझाव दिएको छ । अन्य व्यवसायलाई पनि बारअनुसार सञ्चालन गर्न दिनुपर्ने भनिएको छ । तर प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले गृह मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमस) सँग पनि परामर्श गरेर निर्णय गर्नुपर्ने भएकाले निषेधाज्ञालाई खुकुलो बनाउने मोडालिटीको अन्तिम टुंगो लागिसकेको छैन । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले लगाएको निषेधाज्ञा भोलीबाट सकिँदैछ ।

मुख्य समाचार