दलित भन्दै कोठा नदिने काठमाण्डौका घरबेटी प्रक्राउ

हेटौंडा । तल्लो जात भनेर एक युवतीलाई कोठा भाडामा नदिएको आरोपमा प्रहरीले काठमाडौँको बबरमहलबाट एक घरबेटीलाई पक्राउ गरेको छ ।


काठमाडौँ बबरमहल निवास सरस्वती प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध २४ वर्षीया पत्रकार रुपा सुनारले गत बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएकी थिइन् । उनीसँग अहिले प्रहरीले सोधपुछ गरिरहेको छ । प्रहरीले घरबेटी प्रधानविरुद्ध गत शुक्रबार जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ ।

प्रधानविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिइएको छ । रुपाका अनुसार घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन् । दलित समुदायको भन्ने थाहा पाएपछि भने कोठा भाडामा दिन इन्कार गरेको रुपाको जाहेरीमा उल्लेख गरिएको छ ।०००

मुख्य समाचार