थाहामा २ दिन देखि नेपाल टेलिकमकाे माेबाईल नेटवर्क अबरुद्द

 

हेटौंडा /  थाहा नगरपालिका आसपासको क्षेत्रमा हिजो शनिबार बिहान देखि नेपाल टेलिकमको नेटवर्कमा आएको समस्याको अझै समाधान भएको छैन ।
फोन सम्पर्क नहुने, नेटवर्क ब्यस्त हुने, राम्रोसंग कुरा नहुने समस्याले स्थानीयहरु दिक्क भएको छन् ।
स्थानीय शिक्षक मनोज रायमाझी भन्नुहुन्छ ‘नयाँ शैक्षिक सत्रको सुरुवातमा वैकल्पिक माध्यमबाट अध्यापन गर्न भनिरहदा नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने ईन्टरनेट नचल्ने हुँदा कसरी अनलाइन कक्षा सञ्चालन गर्ने ?’

उहाँले बिद्युत आपूर्ति बन्द हुनसाथ टेलिकमको नेटवर्कमा आउने समस्या समाधानको लागि पहल गर्न सम्वन्धित निकाय समक्ष अनुरोध गर्नुभएकोे छ । नेपाल टेलिकममा उत्पन्न समस्यको बिषयमा नेपाल टेलिकम हेटौंडाका प्रमुख उपेन्द्र प्रधानसँग बुझ्दा सिमभञ्ज्याङ मा रहेको टावरको रेडियो लिङ्कमा समस्या आएको र उक्त समस्या समाधान गर्नको लागि सामान मगाईसकिएको बताउनुभयो ।
उहाँले भोलिसम्ममा नेटवर्कमा आएको सबै समस्या समाधान हुने बताउनुभयो ।

मुख्य समाचार समाचार स्थानीय