आइतबार मकवानपुरगढीमा ६ जना संक्रमणमुक्त, २ जना संक्रमित थपिए

मकवानपुरगढी- कोभिडको दोश्रो लहरबाट आइतबार मकवानपुरगढीमा ६ जना संक्रमणमुक्त भएका छन् । उनीहरु सबै संक्रमित भएको १४ दिन पार गरि संक्रमणमुक्त भएका हुन् ।

यसैगरी आज थप २ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा वडा नम्बर ४ का १ जना महिला र वडा नम्बर ६ का १ जना पुरुष रहेका छन् । उनीहरुको मकवानपुरगढीमा गरिएको एन्टिजेन परिक्षणमा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

कोरोनाको दोस्रो लहरबाट हालसम्म मकवानपुरगढीमा संक्रमित हुनेको संख्या २२४ पुगेको छ भने १९९ जना १४ दिन पार गरि संक्रमण मुक्त भएका छन् ।

आजको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट सक्रिय संक्रमित अहिलेसम्ममा २५ जना रहेका र ती मध्ये २० जना होमआईसोलेशन र ४ जना मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशन वार्डमा तथा १ जना भरतपुर अस्पतालमा उपचाररत रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

कोभिडको दोश्रो लहरबाट अहिलेसम्ममा मकवानपुरगढीका २ जना महिला र ३ जना पुरुष गरि ५ जनाको ज्यान गएको छ ।

मुख्य समाचार स्वास्थ्य