एमाले नेतृत्वको प्रदेश १, बागमती र लुम्बिनीको सरकार ढाल्न माधब नेपालले सघाउने, गठबन्धन नछाड्ने

 

काठमाडौँ / नेपाली काङ्ग्रेस नेतृत्वको विपक्षी गठबन्धनले नेकपा एमाले नेतृत्वको तीन वटा प्रदेश सरकार बिस्थापन गर्न र गठबन्धन सरकार बनाउन राजनीतिक पहल जारी राख्ने समझदारी गरेका छन ।

आइतबार साझ कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा करीव डेढ घण्टा बसेको बैठकले एमालेले आफ्नो एकल बहुमतले नेतृत्व गतेको प्रदेश १, वागमती र लुम्बिनीको सरकार ढालेर बिपक्षी गठबन्धनको नेतृत्वमा सरकार बनाउन आबस्यक सहकार्य र समझदारी गरेको हो ।

बैठकले गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २ मा गठबन्धन पक्षका सरकार बनेकाले ती सरकारलाई जनपक्षीय काममा केन्द्रित हुन निर्देशित गर्ने बताईएको छ ।
बैठकमा गण्डकीमा एमालेको सरकार फालियो, देउवाजीलाई बधाई छ, अव प्रदेश १, बागमति र लुम्बिनीमा पनि एमालेलाई सत्ताबाट हटाउनु पर्छ, यस्कोलागि कांग्रेसले पहल गरोस माधव नेपालले बताउनु भएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवा, नेता रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ र उपेन्द्र यादवको समूहबाट उपेन्द्र सहित बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी भएका हुन ।

मुख्य समाचार राजनीति समाचार