टुटल र पठाओले भोलीबाट सेवा सुरु गर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा राइड सेयरिङ कम्पनी टुटल र पठाओले भोली मंगलबारबाट सेवा सुरु गर्ने भएका छन् ।

जोरबिजोर प्रणालीअनुसार निजि सवारी साधन सञ्चालनमा आउनेभएसँगै टुटल र पठाओले सेवा सुरु गर्ने भएका हुन् । सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले जनाएका छन् ।

निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम भए पनि सेवा भने सुरु गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । सरकारले तोकेको मापदण्ड पूरा गरेर सेवा सुरु कम्पनीको भनाइ छ ।

मुख्य समाचार