क्रियापुत्री भवनका लागि युवा संघका केन्द्रिय नेता रोक्काबाट १० हजार नगद र २० बोरा सिमेन्ट सहयोग

 

हेटौंडा / हेटौंडा ११ सरस्वतीमा निर्माणाधीन क्रियापुत्री भवनका लागि राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तथा युवा नेता तिर्थ रोक्काले १० हजार नगद र २० बोरा सिमेन्ट सहयोग गर्नुभएको छ ।

सरस्वतीमा जेष्ठ नागरिक वृद्धबृद्दाहरुको वृद्धभत्ताबाट निर्माण भैरहेको क्रियापुत्री भवनका लागि युवा नेता रोक्काले सहयोग गर्नुभएको हो ।
नेता रोक्काले आफ्नो स्वार्गिय बुवाको सम्झना स्वरुप उहाको आत्माको कामना गर्दै जेष्ठ नागरिक आमा बुवाहरुले आफ्नो वृद्धभत्ताबाट निर्माण गरिरहेको क्रियापुत्री भवनका लागि आफुले सक्ने सहयोग गरेको बताउनुभयो ।


समाजमा हुने सबै असल काममा आफ्नो सहयोग र समर्थन हुने बताउनु हहुदै नेता रोक्काले सहयोग हस्तान्तरण गरेपछी आफ्नो स्वर्गीय बुवाको आत्माले शान्ति पाएको अनुभुती गरेको बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेता रोक्कालाइ बुवा आमाहरुले सम्मान समेत गर्नुभएको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय