मकवानपुरगढीमा वित्तीय क्षेत्रका आगामी योजना के छ ?

मकवानपुरगढी- गाउँ पालिकाले सातौं गाउँसभामा आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम मार्फत वित्तीय क्षेत्र सुधारका लागि विभिन्न योजना सहितका कार्यक्रमहरु अघि सारेको छ ।

मकवानपुरगढी गाउँपालिकामा “एक स्थानीय तह एक वाणिज्य वित्तीय” निकाय स्थापना गर्ने अभियान अनुसार स्थापित नेपाल बंगलादेश (N.B.) बैंक मार्फत सबैखाले आर्थिक कारोबार संचालन गरि वित्तीय सम्बन्ध प्रभावकारी रुपमा संचालन गर्ने योजना छ ।

वित्तीय निकाय मार्फत यस क्षेत्रका कृषि , पशुपालन , घरेलु उद्योग उत्पादन मुलक उद्योगहरु र उत्पादकत्व वृद्धि तथा आय-आर्जनमुखी क्षेत्रमा सरल र सहज रुपमा लगानी गर्ने वातावरण सृजना गरि वित्तीय क्षेत्रमा सर्वसाधारणको पहुँच पुर्याउने गाउँपालिकाले लक्ष्य राखेको छ ।

हरेक कारोबारलाई ब्यवस्थित र मापनयोग्य बनाउन मकवानपुरगढी गाउँपालिकाको जनसंख्या अनुसार “एक ब्यक्ति एक खाता” संचालनलाई लागू गर्न वित्तीय निकायहरु बिच सहकार्य र समन्वय गर्ने योजना रहेको छ ।

यसैगरी तिब्र रुपमा बजारीकरण हुँदै गरेको यस गाउँपालिकाको वडा नम्बर २ र ५ मा बैंकको शाखा तथा प्रत्येक वडामा शाखा रहित बैंकिङ सेवा संचालन गर्न पहल गर्ने गाउँपालिकाको आगामी योजनामा समेटिएका छन् ।

अर्थ मुख्य समाचार समाचार स्थानीय