मकवानपुरगढीमा बिहिवार १जना संक्रमित थपिए,३ नम्बर वडामा संक्रमितको संख्या ७२ पुग्यो

मकवानपुरगढी- कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीमा बिहीबार १ जना संक्रमित थपिएका छन् भने ३ जना संक्रमणमुक्त भएका छन् । आज थपिनेमा ३ नम्बर वडाका महिला रहेका छन् । उनको हेटौंडामा गरिएको PCR परिक्षणबाट संक्रमण पुष्ठि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

आजको रेकर्डसँगै वडा नम्बर ३ मा संक्रमित हुनेको संख्या ७२ पुगेको छ । कोरोनाको दोस्रो लहरबाट मकवानपुरगढीमा हालसम्म संक्रमित हुनेको संख्या २४१ रहेको छ भने २१८ जना १४ दिन पार गरि संक्रमण मुक्त भएका छन् ।

आजको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट अहिलेसम्ममा सक्रिय संक्रमित २३ जना रहेका र ती मध्ये २० जना होमआईसोलेशन र १ जना मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशन सेन्टरमा तथा भरतपुर अस्पताल र हेटौंडा सिटि अस्पतालमा १-१ जना महिला उपचाररत रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीका अहिलेसम्ममा २ जना महिला र ३ जना पुरुष गरि ५ जनाले कोभिड कै कारण अकालमा ज्यान गुमाउनु परेको लामिछानेले जानकारी दिनुभएको छ ।

मुख्य समाचार स्वास्थ्य