नयाँ लघुवित्तको आईपीओ फेरि आयो, कस्तो कम्पनी र कति कित्तासम्म भर्ने ?

हटौंडा । केही दिन अगाडि जीवनले लघुवित्त प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आएको थियो । आजबाट फेरि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ आएको छ । लघुवित्त आजदेखि ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेसँगै सर्वसाधारणले आवेदन दिन पाउने भएका हुन् ।

प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।

संस्थाले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।

न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । असार १७ गतेदेखि २१ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

आर्थिक वर्ष २०७६÷७७ मा संस्थाको प्रतिसेयर आम्दानी ६.८५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११०.८४ रुपैयाँ रहेको छ । चालु आव २०७७÷७८ मा प्रतिसेयर आम्दानी २६.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३२.८८ रुपैयाँ कायम हुने संस्थाको प्रक्षेपण रहेको छ ।

गत आर्थिक वर्षमा ४६ लाख २२ रुपैयाँ सञ्चित नाफा कमाएको संस्थाले चालु आवमा २ करोड ९६ रुपैयाँ कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, उक्त रकम बढेर आगामी आव अर्थात आव २०७८÷७९ मा ७ करोड ८८ लाख ४० हजार रुपैयाँ र आव २०७९÷८०मा १५ करोड ७३ लाख पुग्ने कम्पनीले अनुमान गरेको छ ।

अर्थ मुख्य समाचार समाचार समाज