मकवानपुरगढीमा बुधबार थपिए ३ जना संक्रमित, थपिनेमा सबै ३ नम्बर वडाका

मकवानपुरगढी- कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीमा बुधबार ३ जना संक्रमित थपिएका छन् । थपिनेमा सबै ३ नम्बर वडा हुन् । संक्रमित हुनेमा १ जना महिला र २ जना पुरुष रहेका छन् । उनिहरु मध्ये १ जना महिलाको PCR टेस्ट र २ जना पुरुषको एन्टिजेन परिक्षणबाट संक्रमण पुष्ठि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

कोरोनाको दोस्रो लहरबाट मकवानपुरगढीमा हालसम्म संक्रमित हुनेको संख्या २४० रहेको छ भने २१५ जना १४ दिन पार गरि संक्रमण मुक्त भएका छन् ।

आजको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट अहिलेसम्ममा सक्रिय संक्रमित २५ जना रहेका र ती मध्ये २२ जना होमआईसोलेशन र १ जना मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशन सेन्टरमा तथा भरतपुर अस्पताल र हेटौंडा सिटि अस्पतालमा १-१ जना महिला उपचाररत रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीका अहिलेसम्ममा २ जना महिला र ३ जना पुरुष गरि ५ जनाले कोभिड कै कारण अकालमा ज्यान गुमाउनु परेको लामिछानेले जानकारी दिनुभएको छ ।

मुख्य समाचार स्थानीय स्वास्थ्य