कोशी ब्यारेजका २९ वटा ढोका खोलियो

हेटौंडा । सुनसरीको सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन भएको छ ।

कोशी नदीमा अहिले २ लाख क्यूसेक भन्दा बढी पानी बगिरहेको सुनसरी प्रशासनले जनाएको छ । यतिबेला सप्तकोशी नदीमा पानीको बहाव २ लाख २१ हजार ४ सय ७५ क्यूसेक प्रतिसेकेण्ड पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जाकनारी दिनुभयो । नदीको जलस्तर बढेसँगै कोशी ब्यारेजका २९ वटा ढोका खोलिएका छन् ।

नदीमा बहाव बढेसँगै ब्यारेज पुलमा रातो बत्ती समेत बालिएको छ । बहाव बढेपनि खतरा भने नरहेको बताउनुभएको छ । उहाँले तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन भनिएको बताउँदै सम्भावित डुबान र बाढीलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई सतर्क रहन भनिएको जानकारी दिनुभयो ।

 

मुख्य समाचार