‘कोभ्याक्सिन’ ७७.८० प्रतिशत प्रभावकारी रहेको बायोटेकको दाबी

एजेन्सि । भारत बायोटेकले बनाएको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ को प्रभावकारिता ७७.८० प्रतिशत प्रभावकारी भएको बताइएको छ ।

हैदराबादस्थित भारत बायोटेक कम्पनीले तेस्रो चरणको परीक्षणमा खोपको प्रभावकारिता ७७.८० प्रतिशत देखिएको दाबी गरेको छ । लक्षण देखिएका बिरामीमा परीक्षण गर्दा खोप प्रभावकारी देखिएको कम्पनीको दाबी छ । त्यस्तै लक्षण नदेखिएका कोरोना संक्रमितमा भने उक्त खोप ६३.६० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । कम्पनीको अनुसार कोरोनाको डेल्टा भेरियन्टविरुद्ध पनि कोभ्याक्सिन ६५.२० प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ ।

कोभ्याक्सिन २ देखि ८ डिग्री सेल्सियस तापक्रममा सुरक्षित भण्डारण गर्न सकिने पनि कम्पनीले बताएको छ । त्यस्तै भारतमा सिरम इन्स्टिच्युट अफ् इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँग मिलेर कोभिसिल्ड उत्पादन गरिरहेको छ ।

मुख्य समाचार स्वास्थ्य