एमालेको अर्को बैठक सर्वोच्चको फैसलाको भोलिपल्ट बस्ने

हेटौंडा । दुई दिनसम्म चलेको एमालेको केन्द्रीय समिति बैठक सहिएको छ । बैठकमा पार्टीको आगामी दशौँ महाधिवेशनको तयारीबारे छलफल र निर्णय भएको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिएका छन् । 

निर्वाचनमा केन्द्रीत हुनका लागि नेताहरुलाई निर्देशन दिइएको छ ।  प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वाेच्च अदालतले फैसला गर्नुअगावै हस्ताक्षर फिर्ता लिन नेपाल पक्षका नेताहरुलाई निर्देशन समेत ओलीले दिएको थापाले बताए । 

विपक्षी गठबन्धनमा रहेका एमाले नेताहरुलाई फैसला सुनाउनु अगाडिसम्म पार्टीमा फर्कन समय दिइएको छ । 

एमालेको अर्काे बैठक सर्वाेच्चको फैसला आएको भोलिपल्ट बस्ने निर्णय भएको थापाले जानकारी दिए । 

थापाका अनुसार यसै बैठकले भदौ ५ गते सम्म पार्टीको वडा स्तरको र १५ गतेसम्म पालिकास्तरको अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ । 

 

मुख्य समाचार राजनीति