मकवानपुरगढीमा शनिबार थपिए ३ जना संक्रमित, कुल संक्रमण संख्या २४७ पुग्यो

मकवानपुरगढी- कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीमा शनिबार ३ जना संक्रमित थपिएका छन् । थपिनेमा २ र ३ नम्बर वडाका १-१ पुरुष र वडा नम्बर ६ का १ जना महिला रहेका छन् ।

संक्रमित हुने मध्ये वडा नम्बर २ का १ पुरुष र वडा नम्बर ६ का १ जना महिलाको हेटौंडामा गरिएको PCR परिक्षणबाट संक्रमण पुष्ठि भएको हो भने वडा नम्बर ३ का १ जना पुरुषको कोभिड अस्थायी अस्पताल मक्रान्चुलीमा गरिएको एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

आजको रेकर्डसँगै वडा नम्बर ३ मा मात्रै संक्रमित हुनेको संख्या ७६ पुगेको छ । कोरोनाको दोस्रो लहरबाट मकवानपुरगढीमा हालसम्म संक्रमित हुनेको संख्या २४७ रहेको छ भने २२२ जना १४ दिन पार गरि संक्रमण मुक्त भएका छन् । यसै क्रममा आजै पनि १ जना संक्रमित १४ दिन पार गरि संक्रमण मुक्त भएका छन् ।

आजको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट अहिलेसम्ममा सक्रिय संक्रमित २५ जना रहेका र ती मध्ये २३ जना होमआईसोलेशन र २ जना मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशन सेन्टरमा रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीका अहिलेसम्ममा २ जना महिला र ३ जना पुरुष गरि ५ जनाले कोभिड कै कारण अकालमा ज्यान गुमाउनु परेको लामिछानेले जानकारी दिनुभएको छ ।

मुख्य समाचार स्वास्थ्य