मकवानपुरगढीमा भेरोसिलको पहिलो खोप लगाएकालाई असार २२ र २३ गते दोस्रो खोप लगाईने

मकवानपुरगढी- मकवानपुरगढीमा गत जेठ २६ र २७ गते कोभिड १९ विरुद्धको खोप भेरोसिलको पहिलो मात्रा लगाएका ब्यक्तिहरुलाई यहि असार २२ र २३ गते खोपको दोस्रो मात्रा लगाईने भएको छ ।

गाउँपालिकाले आज एक सुचना जारी गर्दै दोस्रो खोप संचालन गरिने बारे जानकारी गराएको हो । खोपको पहिलो मात्रा लगाएकै केन्द्रबाट दोस्रो खोप लगाइने र खोप लगाउन आउँदा उमेर खुल्ने परिचयपत्र ल्याउनुपर्ने सुचनामा भनिएको छ ।
(प्रकाशित सुचना):

मुख्य समाचार स्वास्थ्य