मकवानपुरगढीमा आइतबार थपिए २ जना संक्रमित

मकवानपुरगढी- कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीमा आइतबार २ जना संक्रमित थपिएका छन् । थपिनेमा ३ नम्बर वडा कै १ जना महिला र १ पुरुष रहेको रहेका छन् ।

संक्रमित हुने दुबैजनाको हेटौंडामा गरिएको PCR परिक्षणबाट संक्रमण पुष्ठि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

यो रेकर्डसँगै वडा नम्बर ३ मा मात्रै संक्रमित हुनेको संख्या ७८ पुगेको छ । कोरोनाको दोस्रो लहरबाट मकवानपुरगढीमा हालसम्म संक्रमित हुनेको संख्या २४९ रहेको छ भने २२५ जना १४ दिन पार गरि संक्रमण मुक्त भएका छन् । यसै क्रममा आजै पनि २ जना संक्रमित १४ दिन पार गरि संक्रमण मुक्त भएका छन् ।

मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट अहिलेसम्ममा सक्रिय संक्रमित २४ जना रहेका र ती मध्ये २१ जना होमआईसोलेशन र ३ जना मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशन सेन्टरमा रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीका अहिलेसम्ममा २ जना महिला र ३ जना पुरुष गरि ५ जनाले कोभिड कै कारण अकालमा ज्यान गुमाउनु परेको लामिछानेले जानकारी दिनुभएको छ ।

मुख्य समाचार स्वास्थ्य