मनकामनाको आइपीओ १९ लाखभन्दा धेरैले नपाउने, कतिले पाउछन् ?

हेटौंडा । मनकामना स्मार्ट लघुवित्तले निष्काशन गरेको आइपीओ १९ लाखभन्दा धेरैले नपाउने भएका छन् । आइपीओमा मागभन्दा ७१.९५ गुणा बढीको आवेदन परेको छ ।

कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिनसम्म २० लाख १ हजार ९ सय १९ आवेदकबाट २ करोड ६१ लाख ५५ हजार १० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले असार १७ गतेदेखि आइपीओ बिक्रि खुला गरेको थियो । भने आज भर्ने अन्तिम दिन रहेको थियो । कम्पनीले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकी रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । कम्पनीको आईपिओ गोलाप्रथाबाट ३६ हजार ३ सय ४९ जनाले मात्र शेयर पाउने छन् । यस हिसाबमा १९ लाख बढी आवेदन हात खाली हुने छन् ।

अर्थ मुख्य समाचार