मकवानपुरगढीमा कोभिड संक्रमितको संख्या २५५ पुग्यो, २३५ जना भए संक्रमणमुक्त

मकवानपुरगढी- कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीमा संक्रमित हुनेको संख्या २५५ पुगेको छ ।यसैगरी संक्रमणमुक्त हुनेको संख्या २३५ रहेको छ । पछिल्लो समय थप भएका संख्या अधिकांश वडा नं ३ का रहेका छन् । यस वडामा प्रत्येक दिन संक्रमित हुनेको संख्या थपिँदो अवस्थामा छ । आज पनि २ जना संक्रमित थपिएका छन् । संक्रमित दुबैजना पुरुष रहेको र उनीहरुको मकवानपुरगढी मै गरिएको एन्टिजेन परिक्षणबाट संक्रमण पुष्ठि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

कोरोनाको दोस्रो लहरबाट मकवानपुरगढीमा हालसम्म संक्रमित हुनेको संख्या २५५ रहेको छ भने २३५ जना १४ दिन पार गरि संक्रमण मुक्त भएका छन् । यसै क्रममा आजै पनि ४ जना संक्रमित १४ दिन पार गरि संक्रमण मुक्त भएका छन् ।

आजको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट अहिलेसम्ममा सक्रिय संक्रमित २१ जना रहेका र ती मध्ये १७ जना होमआईसोलेशन, २ जना अस्पताल र २ जना मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशन सेन्टरमा रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो । अहिलेसम्म मकवानपुरगढीमा ५ जनाको कोरोना कै ज्यान गएको छ ।

मुख्य समाचार स्वास्थ्य