एमालेको नेपाल–ओली समूहको वार्ता सकियो, के भयो वार्तामा ?

हेटौंडा । नेकपा एमालेको नेपाल–ओली समूहको वार्ता सकिएको छ । वार्ता दुबै पक्षले सकारात्मक भएको बताएका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली बीचको वार्ता सकारात्मक भएको हो ।

नेपाल पक्षबाट वार्तामा सहभागी एमालेका नेता सुरेन्द्र पाण्डेले वार्ता सकारात्मक भएको बताए ।

वार्तामा नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डे तथा ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी थिए ।

अर्थ प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार समाज