शुक्रबार मकवानपुरगढीमा किसान क्रेडिट कार्ड वितरण गरिने

मकवानपुरगढी- मकवानपुरगढीमा कृषि कर्जा प्रवाह सहजताका लागि किसान क्रेडिट कार्ड वितरण गर्न लागिएको छ ।

नेपाल बंगलादेश बैंक लि, आर.एण्ड डि. ईनोभेटिभ सोलुशन प्रा.लि., मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समिति बीच चौपक्षीय सहकार्यमा कार्ड वितरण गर्न लागिएको हो ।

नेपाल बंगलादेश बैंक लिमिटेड मकवानपुरगढी शाखाबाट २०७७ असार २५ शुक्रबार दिउसो २ बजे एक समारोहका बीच कृषि कर्जा प्रवाहको लागि किसान क्रेडिट कार्ड वितरण कार्यक्रम तय भएको गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभएको छ ।

अर्थ मुख्य समाचार विज्ञान प्रविधि समाज