५० हजार कार्यकर्ताले कांग्रेसको क्रियाशिल सदस्यता त्यागे

हेटौंडा । ५० हजार कार्यकर्ताले कांग्रेसको क्रियाशिल सदस्यता त्यागेका छन् । अघिल्लो महाधिवेशनमा क्रियाशिल सदस्यता पाएका ५० हजार सदस्यता यस पटक नविकरणका लागि आवेदन नदिएका हुन ।

आउँदो भदौ १६ देखि १९ गतेसम्म हुने १४औँ महाधिवेशनका लागि नेता रमेश लेखक नेतृत्वको क्रियाशिल सदस्यता छानबिन समितिले काम गरिरहेको छ ।

छानबिन समितिका प्रवक्ता प्रदिप पौडेलले अघिल्लो पटक कांग्रेसले चार लाख ७० हजार जनालाई क्रियाशिल दिएको बताए । तर यसपटक त्यसमध्ये जम्मा ४ लाख २० हजार जनाले मात्रै नविकरण गरेका जानकारी दिए ।

क्रियाशिल नविकरण नहुनुको कारण मृत्यु र पार्टीप्रतिको आकर्षण नभएको हुन सक्ने अनुमान पनि गरिएको छ ।

यसपटक शत प्रतिशत क्रियाशिल सस्यता थप्ने तयारी गरेको कांग्रेसमा नयाँ सदस्यताका लागि भने आकर्षण देखिएको छ । यस पटक विदेशबाट बाहेक ९ लाख २५ हजार जनाले फर्म भरेका छन् ।

मुख्य समाचार राजनीति