युनियन लाइफको आईपीओ आजदेखि भर्न सकिने, कति आवेदन दिने र कम्पनी कस्तो हो ?

हेटौंडा । युनियन लाइफ इन्स्योरेन्सको आईपीओ खुलेको छ । इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपियाँको साधारण शेयर (आईपीओ) आजदेखि निष्काशन गरेको हो ।आईपीओका लागि असार २८ गतेसम्म आवेदन दिने समय रहेको छ ।

प्रतिकित्ता १०० रुपियाँ अंकित ६४ लाख ५० हजार आईपीओ बिक्री गर्न लागेको हो । कूल निष्काशन मध्ये ५–५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारी र ३ लाख २२ हजार ५ सय कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ ।

बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ताको लागि आवेदन दिन सकिने छ ।

५८ लाख ५ हजार कित्ता सेयर ५ लाख ८० हजार ५ सय जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

कम्पनीको हाल कायम चुक्ता पूँजी हाल १ अर्ब ५० करोड ५० लाख छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपियाँ हुने छ ।

अर्थ मुख्य समाचार समाचार समाज