सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट सार्वजनिक, के आयो रिजल्ट ?

हेटौंडा । चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको मृत्युको कारण ‘चोट पटक’ नभएको पोष्टमार्टमबाट खुलेको छ ।

त्रिवि शिक्षण अस्पतालमा सुजिताको शवका पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमबाट शरीरमा शरीरमा चोटपटक नदेखिएको चिकित्सकहरुले बताएका हुन् । ​पोष्टमार्टमको लिखित रिपोर्ट आउन बाँकी छ । अनुसन्धानमा संलग्न प्रहरीलाई चिकित्सकले शरीरमा ठुलो चोट नभएको तर, बायाँ हातमा ब्लेडले काटेको सामान्य चोट देखिएको जानकारी दिएका छन् । ब्लेडको चोट मृत्युको कारण नभएको चिकित्सकहरूको निष्कर्ष छ ।

पोष्टमार्टमबाट सुजिताको ‘हाइमेन नच्यातिएको’ भेटिएको छ । ‘हाइमेन नच्यातिएको’ रिपोर्टसँगै सुजितामाथि बलात्कार नभएको पुष्टि भएको छ । भि–सेरा परीक्षणका लागी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा पठाइएको केन्द्रिय अनुसन्धान ब्युरोका डिआईजी धिरज प्रताप सिंहले रातोपाटीलाई बताए । भि–सेरा परीक्षणबाट विष खाएको वा नखाएको पत्ता लाग्छ ।

चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ भेटिएको थियो । शव फेला परेको ठाउँभन्दा १५ मिटर पर मोवाइल भेटिएको थियो ।

घरबाट हिँडेको १० दिनपछि मृत फेला परेकी सुजिताको मृत्युको कारण खुलेको छैन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)को टिमले घटना अनुसन्धान गरिरहेका छन् ।

असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदीलाई फोन गरेर आफु अपहरणमा परेको जानकारी गराएकी थिइन् । अपहरणको सूचना दिँदा पनि प्रहरीले अनुसन्धानमा चासो नदेखाउँदा दुर्घटना भएको पिडित पक्षको आरोप छ ।

 

मुख्य समाचार