‘वि वान्ट इलेक्सन’ भन्दै अनेरास्ववियु मकवानपुरद्वारा प्रदर्शन

 

हेटौंडा / नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु मकवानपुरले राजनीतिक निकासका लागि ताजा जनादेशको माग गर्दै हेटौंडामा प्रदर्शन गरेको छ ।
संबिधानको सर्बोच्चता र लोकतन्त्रको रक्षाको लागि ‘वि वान्ट इलेक्सन’ भन्दै अनेरास्ववियु मकवानपुरले ले आज हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेको हो ।
विद्यार्थीहरूले ‘वि वान्ट इलेक्सन’ (हामी चुनाव चाहन्छौं) को नारा लगाएका थिए ।

अनेरास्ववियु मकवानपुरका संयोजक बिशाल पौडेलले संवैधानिक सर्बोच्चता, दलिय ब्यबस्थाको सुनिश्चितता, लोकतन्त्रको रक्षा,निर्वाचनको बाताबरण नविथोल्न तथा -निर्दलियताको वकालत गरिरहेका दलहरुलाई प्रतिगमनको मतियार नवन्नका लागि खवरदारी गर्दै अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीले प्रदर्शन गरेको बताउनुभयो ।

‘राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बनौं, ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं’ भन्ने नारासहित अनेरास्ववियु सडकमा उत्रेको केन्द्रिय सदस्य किशन घिसिङ्गले बताउनुभयो ।
अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्दीबारे समेत सरकारको ध्यानाकर्षण गराएको केन्द्रिय सदस्य घिसिङ्गले जानकारी दिनुभयो ।

मुख्य समाचार राजनीति समाचार स्थानीय