आन्तरिक उडानमा लगाएको कोटा प्रणाली हट्यो, अन्तर्राष्ट्रिय हवाई उडान संख्या पनि थप

काठमाण्डौ । सरकारले निषेधाज्ञाका समयमा आन्तरिक उडानमा लगाएको कोटा प्रणाली हटाउने निर्णय गरेको छ ।

अब आइतबारदेखि आन्तरिक हवाइ सेवा प्रदायकहरुले आश्यकता अनुसारउडान गर्न सक्ने छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बाढी पहिरोका कारण सडक यातायात प्रभावित भएपछि कोटा प्रणाली हटाइएको हो । वायुसेवा कम्पनीले देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा यात्रुको चाप परेको भन्दै उडान संख्या थप्न माग गर्दै आएका थिए । कम्पनीको माग सम्बोधन गर्दै कोटा प्रणाली हटाइएको प्राधिकरणले जनाएको छ । सरकारले यसअघि ५० प्रतिशतको सीमा तोकेको थियो ।

यस्तै सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ पनि उडान संख्या थप गरेको छ । यसअघि उडान खुला गरेका गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने उडान संख्या थप गरिएको प्राधिकरणले जनाएको छ । नयाँ निर्णयअनुसार अब सातामा कुल ५३ वटा उडान हुने छन् । यसअघि सातामा दुई दर्जन मात्र उडान गर्ने गरी विभिन्न मुलुकमा उडान तालिका तय भएको थियो ।०००

मुख्य समाचार