नेकपा एमाले कार्यदलको बैठक जारी, सम्भवतः आज नै सहमति जुटाउने प्रयास

नारायण श्रेष्ठ/काठमाण्डौ ।

नेकपा एमालेको एकताका लागि बनेको कार्यदलका सदस्यहरुले सहमतिको मस्यौदालाई अन्तिम रुप दिने प्रयास भइरहेको बताउनुभएको छ ।

सिंहदरबारमा जारी कार्यदलको बैठकबाट बाहिरिने क्रममा खनाल–नेपाल पक्षका नेता रघुजी पन्तले पार्टी एकतालाई अगाडी बढाउने सन्दर्भमा बैठकमा छलफल जारी रहेको जानकारी दिनुभएको हो । एकताका लागि सबै सदस्यले राखेको विचार अनुरुप सहमतिको मस्यौदालाई अन्तिम रुप दिने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

ओली पक्षका सदस्य शंकर पाखरेलले पनि सम्भवतः आज नै सहमति जुटाउने प्रयास भैरहेको बताउनुभयो । मस्यौदामा भएका बुँदाहरू भने सार्वजनिक गर्ने बेला नभइसकेको उहाँको भनाइ छ ।
कार्यदलमा खनाल–नेपाल समूहबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण बिष्ट रहनुभएको छ । यस्तै ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य हुनुहुन्छ ।०००

मुख्य समाचार राजनीति