एमाले पार्टी एकताका लागि कार्यदलमा सहमति, भोलि अन्तिमरुप दिइने

काठमाण्डौं । नेकपा एमालेको एकताका लागि क्रियाशील कार्यदल सहमति नजिक पुगेको छ ।
एकताका लागि बनेको कार्यदलको बैठक शुक्रवार लगभग सहमति नजिक पुगेको कार्यदलका सदस्य नेताहरुले बताउनुभएको हो । दिनभर बसेको वैठक समझदारीमा टुंगिएको वैठकपछि ओली पक्षका कार्यदल सदस्य प्रदिप ज्ञवालीले बताउनुभयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेको र केही भाषा मिलाउन बाँकी रहेकाले आज शनिवार पुनः बैठक बस्ने ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस्तै खनाल–नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि केही विषयमा सहमति नजिक पुगिएको बताउनुभयो । तर सहमतिका बूँदाहरुबारे भने नेताहरुले केही जानकारी गराउनु भएको छैन ।०००

मुख्य समाचार