मेलम्चीका बाढी पीडितलाई प्रतिपरिवार ५० हजार राहत दिने सरकारको घोषणा

काठमाण्डौ । सरकारले मेलम्चीका बाढी पीडितलाई प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज हेलम्बु गाउँपालिका स्थित गणेश बजारमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने घोषणा गर्नु भएको हो । प्रधानमन्त्री ओलीले तत्काल बाढी पीडित परिवारलाई ५० हजारको दरले राहत उपलब्ध गराउने बताउनुभयो । निर्माणका लागि हिमाली भेगमा ५ लाख, पहाडी भेगमा ४ लाख र तराइ भेगामा ३ लाख राहत उपलब्ध गराइरहेको उहाँको भनाई थियो । उहाँले पीडित परिवारलाई १५ सय बण्डल जस्तापाता उपलब्ध गराउने पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने उद्घोष गर्नुभयो । घाइतेको उपचार सरकारले गर्ने प्रधानमन्त्री ओलीको भनाई छ । गत असार १ गते मेलम्ची खोलामा आएको बाढीको निरीक्षणका क्रममा प्रधानमन्त्री ओली अहिले बाढीग्रस्त क्षेत्रमा हुनुहुन्छ ।००००

मुख्य समाचार