बन्ने भो मकवानपुरगढी श्रमिक भवन

मकवानपुरगढी – मकवानपुरगढीमा गाउँपालिका श्रमिक भवन बन्ने निश्चित भएको छ । भवन निर्माणका लागि लामो समय देखि जग्गा खोजी भए पनि ठाउँ एकिन नहुँदा भवन निर्माण अनिश्चित जस्तै थियो ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ बाबियोडाँडा निवासी उमेश अधिकारीले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएपछी भवन निर्माण हुने निश्चित भएको मकवानपुरगढी गाउँपालिका श्रमिक समिति उपाध्यक्ष धर्म प्रसाद तिमल्सिनाले बताए ।

भवन निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा रु ५ लाख विनियोजन गरेको छ । अहिले घडेरी सम्याउने काम भइरहेको र तुरुन्त भवन निर्माण गरिने समितिले जनाएको छ ।

मुख्य समाचार समाचार समाज