मकवानपुरमा १०३ वटा सामुदायिक कुकुरको गरियो बन्ध्याकरण

हेटौंडा – मकवानपुरमा १०३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । शुक्रबार र शनिबार शिविर संचालन गरिएको हो ।

भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुर र केन्द्रीय रिफरल चिकित्सालय त्रिपुरेश्वर काठमाडौंकाे संयुक्त आयोजनामा संन्चालन गरिएको सिविरमा नि:शुल्क रुपमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको हो । साथै कुकुरहरूलाई रेविज बिरुद्धकाे खाेप पनि लगाइएको छ ।

शिविरमा हेटौंडाका बन विज्ञान अध्ययन संस्थान,बनस्खण्डी,पदमपोखरी,चिसापानी लगायतका ठाउँका ७५ वटा भाले र २८ वटा पोथी कुकुरहरूको बन्ध्याकरण गरिएको भेटेरिनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द मकवानपुरका सुचना अधिकारी एवम् पशुविकास अधिकृत डाक्टर ध्रुव डि.सि. ले बताउनुभयो। रेबिज रोगको रोकथाम तथा उन्मुलनका लागि सामुदायिक अर्थात् छाडा कुकुरहरूको संख्यामा न्यूनीकरण हुन आवश्यक रहेको तथा बन विज्ञान अध्ययन संस्थानको जंगलमा रहेका मृगहरु बेला बेलामा कुकुरहरुको सिकार भइरहेका कारण त्यसको रोकथामको लागि समेत छाडा कुकुरको संख्या नियन्त्रण गर्न अति आवश्यक रहेकोले शिविर संचालन गरिएको डा. डिसिले बताउनु भयो ।

शिविरमा केन्द्रीय रिफरल पशु चिकित्सालयका प्रमुख पशु चिकित्सक डा.टंक प्रसाईको नेतृत्वमा पशु चिकित्सक डा.अर्जुन अर्याल र भेटेरिनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द मकवानपुरवाट पशु विकास अधिकृत डा ध्रुव डि. सि.काे टिम रहेकाे थियाे ।

भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र प्रमुख वरिष्ठ पशु विकास अधिकृत शुसिल के.सि.ले शनिबार समापन गर्नु भएको शिविरको उद्घाटन भने शुक्रबार डा.टंक प्रसाईले गर्नुभएको थियो ।

मुख्य समाचार रोचक समाज