नेपाल खेलकुद महासंघ प्रदेश तथा जिल्ला कमिटीद्वारा हेटौंडाको बुद्धचोकमा प्रदर्शन

हेटौंडा – नेकपा एमालेको भात्री संगठन नेपाल खेलकुद महासंघ प्रदेश तथा जिल्ला कमिटीको संयुक्त आयोजनामा हेटौंडा बुद्ध चोकमा प्रदर्शन गरिएको छ । प्रदर्शनको सभाध्यक्षता प्रदेश कमिटी सचिब जनरल श्रेष्ठले गरेका थिए भने नेपाल खेलकुद महासंघमा जिल्ला तथा प्रदेश स्तरिय नेता कार्यकर्ता, राष्ट्रिय युवा संघ र अनेरास्ववियु मकवानपुरका नेताहरुको आतिथ्यता रहेको थियो ।

“राजनीतिक अस्थिरता ,निर्दलिय सोच र प्रवृतिका विरुद्ध एकजुट बनौ ! ताजा जनादेशको पक्षमा जनमत सृजना गरौ” भन्ने मुल नाराका साथ प्रदेश र जिल्लाकाे संयुक्त आयाेजनामा सडकमा खेलाडीहरुको मुटु संगठन उत्रिएको जिल्ला संयोजक सबिन मोक्तानले बताउनुभयो ।

लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन रहेको भन्दै स्थायी सरकारको माग साथै राष्ट्रघाती असंवैधानिक विपक्षी गठबन्धनको कदम विरुद्ध, नेपाल खेलकुद महासंघद्वारा आयोजित सडकमा खेलाडी मुल नाराका साथ केन्द्रिय सर्कुलर अनुसार खेलकर्मीहरुले प्रदर्शन गरेको कार्यक्रमका प्रमुख अतिथी नेपाल खेलकुद महासंघका केन्द्रिय उपमहासचिव धर्म बहादुर लामाले स्पष्ट पार्नुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य चन्द्र शाहीले खेलाडी मात्र नभइ अब देशका सबै युवा मैदानमा उत्रिनु पर्ने र सरकारको ध्यानाकर्षण गर्नु पर्ने बेला आएको जनाउनु भयो । अस्थिरताले देशलाई दसौं वर्ष पछि पारेको र अब देशको मुहार फेर्न सबै युवावर्ग अघि बढ्नु पर्नेमा जोड दिनुभएको छ ।

अनेरास्ववियु मकवानपुरका युवा नेता मनिश मान श्रेष्ठले संवैधानिक सर्वोच्चता, दलीय व्यवस्थाको सुनिश्चितता, लोकतन्त्रको रक्षा, निर्वाचनको वातावरण नबिथोल्न तथा निर्दलीयताको वकालत गरिरहेका दलहरूलाई प्रतिगमनको मतियार नबन्नका लागि खबरदारी गर्नुभएको छ ।

मुख्य समाचार राजनीति समाचार