आफू निकट केन्द्रीय सदस्यसँग नेता नेपालले भने, घात गर्ने वार्ता टोली किन चाहियो ?

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाअघि केपी ओलीसँग कुनै सम्झौता नहुने प्रष्ट पारेका छन् ।

आफू निकट केन्द्रीय सदस्य र सांसदहरुसँग आइतबार छलफलका क्रममा नेता नेपालले आफूले पद नखोजेको समेत प्रष्ट पारेका छन् । केन्द्रीय सदस्यहरुसँग नेपालले भने- सर्वोच्चको फैसलाले एकखालको राजनीतिक शक्ति सन्तुलनको स्थिति बनाउछ । त्यसपछि दुवै पक्षले आफ्नो शक्ति बुझिन्छ र बदलिदो परिस्थितिमा सम्झौता हुनसक्छ । २८ गते रियालिटी परिवर्तन हुँदैछ भने २७ गते किन सम्झौता गर्ने ?

बैठकमा नेता नेपालले आफूलाई अध्यक्ष वा प्रधानमन्त्री पद नचाहिएको बताएको पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । तर केपी ओलीको अनियन्त्रित राज्य र पार्टी सन्चालनको तरिकामा अंकुश लगाउन आवश्यक रहेकाले सम्झौताका नाममा लिपपोतका भाषा स्वीकार्य नहुने नेपालको अडान रहेको छ ।

मुख्य समाचार