संसद विघटन विरुद्धको मुद्दामा भोली फैसला हुदै, के संसद पुनःस्थापना होला ?

काठमाण्डौं । प्रतिनिधि सभा विघटन सम्बन्धि मुद्दामा आज फैसला हुने सम्भावना रहेको छ ।

गत आसार २१ गते रिट निवेदक, सरकारी पक्षका कानुन व्यवसायी र एमिकस क्युरीका वकिलहरुको बहस सकिएको थियो । एमिकस क्युरीको बहसपछि इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेर आज अन्तिम फैसला आउन सक्ने बताएको थियो । गत असार ९ गतेदेखि २१ गतेसम्म निरन्तर चलेको बहसमा रिट निवेदकका ३६ कानुन व्यवसायीले सुरुवाती बहस गरेका थिए ।

त्यसपछि विपक्षी राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोगको तर्फबाट महान्यायाधिवक्तासहित ११ सरकारी वकिलले बहस गरेका थिए । प्रधानमन्त्री ओलीका तर्फबाट २१ जना निजी कानुन व्यवसायीले बहस गरेका थिए भने विपक्षी सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट ५ जना कानुन व्यवसायीले बहस गरेका थिए ।०००

मुख्य समाचार