कतार जाने नेपालीले क्वारेन्टीनमा बस्न नपर्ने

हेटौंडा । कोभिडविरुद्धको दुवै डोज खोप लगाएर कतार प्रवेश गर्ने नेपालीले अनिवार्य रूपमा क्वारेन्टीनमा बस्न नपर्ने भएको छ ।

खोप लगाएको प्रमाणपत्र पेश गरेमा क्वारेन्टीन बस्न नपर्ने भएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ । अक्सफोर्ड कम्पनीबाट उत्पादित अष्ट्राजेनिका र जोन्सन एण्ड जोन्सनको खोप लगाएका व्यक्तिहरू समेत क्वारेन्टीन बस्न नपर्ने भएको हो । कोभिड संक्रमण मुक्त भएको १२ महिनाभित्रका मानिसले समेत क्वारेन्टीन बस्नु नपर्ने भएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खोप नलगाएका व्यक्तिले १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ । होटलमा बस्न नसकेमा १४ दिन मेखाइनीस क्वारेन्टीन बस्नुपर्नेछ । कतार यात्रा निस्कनु अघि सरकारी मान्यता पाएको प्रयोगशालाबाट पीसीआर परीक्षण गरेको ७२ घण्टाभित्रको नेगेटिभ रिपोर्ट लिएर जानुपर्नेछ । यात्रा गर्नुअघि १२ घण्टाअघि एहतराज वेभसाइटमा अनलाइनबाट प्रि रजिष्ट्रेसन गरी आवश्यक कागजपत्र अपलोड गरेपछि प्राप्त हुने यात्रा अनुमति पत्र साथमा लिए जानुपर्नेछ ।००००

मुख्य समाचार समाचार