नेपालमा हरेका ५ जनाको परीक्षण गराउँदा १ जनामा कोरोना संक्रमण

काठमाण्डौं । नेपालमा आन थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ३५ पीसीआर परीक्षणमा १ हजार २ सय ३७ जना र ३ हजार ६ सय ८३ एन्टिजेन परीक्षणमा ५९४ गरी कुल १ हजार ८ सय ३१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । नेपालमा २४ घण्टामा प्रत्यक ५ जनाको परीक्षण गराउँदा १ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म ६ लाख ९९ हजार ८८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय २३ जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख १९ हजार ८ सय ९४ पुगेको छ । हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.६ प्रतिशत निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ३ सय ८२ पुगेको मन्त्रालयले जनाएको छ ।००००

मुख्य समाचार स्वास्थ्य