एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक, के विषयमा छलफल हुदैछ ?

काठमाण्डौं । नेकपा एमाले स्थायी कमिटी बैठक अपराह्न ४ बजे बस्ने भएको छ ।

एमाले विवाद समाधान गर्न कार्यदलको बैठक चलिरहँदा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
कार्यदलले सहमति तयार गरेमा आजै स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ । सिंहदरबारमा बिहान ९ बजेदेखि कार्यदल बैठक जारी छ।

मुख्य समाचार राजनीति